
२१ असोज, काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका-३ सलाम भन्ने स्थानमा पहिरो जाँदा तीन घर र दुई गोठ पुरिएका छन् । केही चौपाया मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार केशरसिंह रानाको एउटा कच्ची घर र गोठ, बिरबहादुर रानाको एउटा कच्ची घर र विजय सिंह बुढाको एउटा कच्ची घर र गोठ पहिरोमा पुरिएका छन् ।
उनीहरुका भैंसी र बाख्रा पहिरोमा पुरिएर मरेका छन् । ‘घर-गोठ पुरिए, पशु धन क्षति भयो तर मानवीय क्षति भने हुन पाएन,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।’
तस्वीर : सन्तोष घर्तीको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4