
काठमाडौं । दशैंको माहोलमा पनि भुवन केसी र फिल्म ‘बाबरी’बीचको विवाद मिडिया हेडलाइन बन्यो । ‘बाबरी’का निर्देशक र निर्माता संघका अध्यक्ष नवल खड्काले त केसीको राजीनामा नै मागे ।
त्यसको दुई दिनपछि केसी र उनकी प्रेमिका जिया केसी ‘बाबरी’ फिल्म हेर्न बिग मूभिज हलमा पुगेका थिए । त्यहाँ उनको भेट कलाकारहरु अदिती बुढाथोकी र धीरज मगरसँग भयो ।
मिडियाबाट घेरिएका भुवनले बाबरीको उक्त प्रेसमिटमा बोलिएको विकास बोर्ड खारेज गर्नुपर्नेदेखि राजीनामा माग्नेसम्मका सन्दर्भ केसीलाई सोधे । भुवनले यो प्रश्नमा केही कूटनीतिक उत्तर दिने प्रयास गरे ।
प्रदर्शनमा अन्याय भएको र बोर्ड मूकदर्शक बनेको भन्दै बाबरी निर्माताले प्रेसमिट गरेको सन्दर्भमा केसीले भने, ‘निर्माता र विकास बोर्डले हल दिने होइन । पर्सेन्टेज लिएका वितरकले दिने हो ।’
साथै, नेपाली फिल्मलाई पहिलो प्राथमिकता दिन केसीले प्रदर्शक संस्था चलचित्र संघलाई आग्रह गरे । ‘कृपया पहिलो प्राथमिकता नेपाली फिल्मलाई दिनूस’ उनले भने ।
क्याजुअल ड्रेसमा हलमा पुगेका भुवनले अदिती र धीरजको अभिनयको प्रशंसा गरे । तर, यसअघि फिल्म ‘कृ’मा सहकार्य गरेका र राजीनामा समेत मागेका निर्देशक सुरेन्द्र पौडेलको नाम भने लिएनन् ।
भुवनलाई अचानक हलमा भेटेपछि धीरज र अदितीले आफूहरुलाई सरप्राइज महसुस भएको बताए ।
प्रतिक्रिया 4