+
+

फिल्म सुटिङका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जाँदै टम क्रुज, नासा र युनिभर्सलबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १२:३७

काठमाडौं । हलिउड स्टुडियो युनिभर्सलकी बोस डोना ल्यानग्ले अभिनेता टम क्रुजसहितको क्रिउलाई अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा पठाउने अन्तिम तयारीमा छिन् ।

हलिउडकी शक्तिशालीमध्ये मानिने उनले यसैसाता बीबीसी इन्टरटेनमेन्टसँग लामो कुरा गर्दै अन्तरीक्षमा फिल्म छायांकन गर्ने तयारीबारे प्रकाश पारेकी छन् ।

नासासँग मिलेर स्पेसमा फिल्म सुटिङ गर्ने खुलासा पहिल्यै भएपनि अब रकेटमार्फत त्यसतर्फ जाने समय लामो छैन । एलन मस्कको स्पेसएक्स कम्पनीको रकेटमार्फत त्यसतर्फ जाने अन्तिम तयारी भैरहेको छ ।

अन्तरीक्षमा फिल्म सुटिङ भए अभिनेता टम क्रुज अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रभन्दा बाहिर स्पेसवाक गर्ने पहिलो सर्वसाधारण (अन्तरीक्षयात्रीबाहेक) बन्नेछन् ।

६० वर्षिय अभिनेताले अन्तरीक्षमा स्टन्ट गर्ने पहिलो सौभाग्य पाउनेछन् । यसबारे निर्मात्री डोना भन्छिन्, ‘मलाई आशा छ टम क्रुज अन्तरीक्ष स्टेसनबाहिर पैदल यात्रा गर्ने पहिलो नागरिक बन्नेछन् । उनले त्यहाँ आफूले मात्र पृथ्वीलाई बचाउन सक्ने एकमात्र व्यक्तिको रुपमा पाउनेछन् ।’ सन् २०२० फिल्मबारे घोषणा गर्दै नासाका जिम ब्राडन्स्टाइनले भनेका थिए, ‘टमसँग स्पेस स्टेसनमा सहकार्य गर्नको लागि नासा उत्साहित छ ।’

कोरोना महामारीको समयदेखि नै टम क्रुज र निर्मात्री डोनाले जुम मिटिङमार्फत स्क्रिप्ट लेखिरहेका थिए । फिल्मको कथासारबारे डोनाले भनिन्, ‘वास्तवमा कथा पृथ्वीबाट सुरु हुन्छ र ऊ पृथ्वीलाई बचाउन अन्तरीक्षमा जान आवश्यक छ ।’

सन् २०२२/२०२३ को लागि हलिउडले घोषणा गरेका ४४ फिल्ममध्ये टम क्रुजको फिल्म पनि एक हो । यतिबेलाका नासाका अन्तरीक्ष यात्री भिक्टर ग्लोबरले अभिनेता क्रुजलाई अन्तरीक्षमा सुटिङ गर्दाको अभ्यास र कठिनाइबारे सिकाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?