+
+

सन्दीपलाई भेट्न प्रहरी वृत्तमा पुगे क्रिकेट संघका अध्यक्ष चन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १६:०७

२१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रहरी हिरासतमा रहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई भेटेका छन् ।

नाबालिका बलात्कारको आरोप लागेका लामिछाने बिहीबार मात्र स्वदेश फर्किएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ । त्यसको भोलिपल्ट चन्द सन्दीपलाई भेट्न पुगेका हुन् ।

करिव ५ मिनेट भएको कुराकानीका क्रममा सन्दीपले आफू निर्दोष भएको दोहोर्‍याएका छन् ।

चन्दले पनि कानुनी शासनमा विश्वास गर्न आग्रह गरेका छन् । ‘परिवारको सदस्य भएका हिसाबले म भेट्न गएको हुँ’, चन्दले अनलाइनखबरसँग भने, ‘तिमीले गल्ती गरेको हो वा कसैले उल्झनमा पारेको हो भन्ने छानविनले देखाउँला । हिम्मत नहार, कानुनमा विश्वास गर भनेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?