+
+

हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १६:२८

काठमाडौं । अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा-भी १ राखिएको छ । कम्पनीले यसलाई शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध छ ।

एउटा भिडा-भी १ प्लस र अर्को भिडा-भी १ प्रो हो । कम्पनीका यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक पटक चार्ज गर्दा यी स्कुटरहरू १६५ किलोमिटरसम्म चल्न सक्छन् । यी स्कुटरको दायरा १.४५ लाख भारतीय रुपैयाँदेखि सुरु हुन्छ । भिडाका यी स्कुटरले भारतमा ओला, अथर, बजाज, टिभिएस, ओकिनाला लगायत अन्य ईभी कम्पनीका स्कुटरसँग प्रतिस्पर्धा गर्नेछन् ।

हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक पवन मुंजालले स्कुटर सार्वजनिक गर्दै भने, ‘हामीले यो वर्षको मार्च महिनामा सम्पूर्ण विश्वलाई वाचा गरेका थियौं, जुन आज पूरा गर्दैछौं । भीडा कम्पनीको नयाँ इलेक्ट्रिक वाहन सहायक कम्पनी हो । अक्टोबर १० देखि, भीडा इलेक्टि्रक स्कुटरको लागि बुकिङ सुरु हुनेछ ।’

भिडाको स्कुटरमा ग्राहकहरुका लागि धेरै सुविधाहरु उपलब्ध हुने भएको छ । यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । यसका साथै क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू पनि छन् । भिडाका यी दुवै स्कुटरमा फास्ट चार्जिङ प्रविधि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?