+
+

चीनका उइगुर मुस्लिमको मानवअधिकारबारे बहस गर्ने प्रस्तावको विपक्षमा उभियो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १६:२५

२१ असोज, काठमाडौं । चीनको सिन्चियाङ प्रान्तका उइगुर मुस्लिमको मानवअधिकार अवस्थाबारे बहसका लागि गरिएको प्रस्तावको नेपाल विपक्षमा उभिएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको मतदानमा नेपालसहित १९ मुलुक प्रस्तावको विपक्षमा उभिएसँगै मानवअधिकार परिषद्बाट उक्त प्रस्ताव अस्वीकार भएको छ ।

परिषद्मा रहेका ४७ वटामध्ये मतदानमा भारतलगायत ११ वटा देश तटस्थ रहे भने नेपाललगायत १९ वटा देशले विपक्षमा मतदान गरे । परिषद्का १७ वटा सदस्य देशले मात्रै प्रस्तावको पक्षमा मतदान गरे ।

संयुक्त राष्ट्रसंघ मानअधिकार परिषद्ले जारी गरेको मतदानको अथ्यांकअनुसार प्रस्तावको पक्षमा चेकिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, होन्डुरस, जापान, लिथुवानीया, लक्जम्बर्ग, आइसल्याण्ड, मोन्टेनग्रो, नेदरल्याण्ड, पाराग्वे, पोल्याण्ड, कोरीया, सोमालीया, बेलायत र अमेरिका उभिएका छन् ।

प्रस्तावको विपक्षमा उभिने देशहरूमा बोलिभिया, क्यामरुन, चीन, कोटडीआइभोरी, क्युबा, इरिट्रिया, गाबोन, इन्डोनेसिया, काजाकास्तान, मौरिटानीया, नामिबिया, नेपाल, पाकिस्तान, कतार, सेनेगल, सुडान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र भेनेजुएला रहेका छन् ।

मतदानमा अर्जेन्टिना, अर्मेनीया, बेनिन, ब्राजिल, गाम्बिया, भारत, लिबिया, मलावाई, मलेसिया, मेक्सिको र युक्रेन तटस्थ रहे ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले चीनको सिन्चियाङ प्रान्तको मानवअधिकार अवस्थाबारे संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्मा बहस गर्ने प्रस्ताव दर्ता गराएका थिए ।

तर बहुमत सदस्य राष्ट्रले अस्वीकार गरेसँगै अब आउँदो मार्चमा हुने मानवअधिकार परिषद्को नयाँ सत्रमा सिन्चियाङको मानवअधिकार अवस्थाबारे बहस हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?