
२१ असोज, काठमाडौं । नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी थिए । दुई क्षेत्र हुँदा दुबै अलगअलग क्षेत्रबाट लड्दै आएका थिए । एउटा कायम भएपछि २०७४ मा गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने ।
पार्वत गुरुङ कि आनन्द पोखरेल भन्ने विवाद छल्न एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकृष्णलाई टिकट दिएका हुन् । प्रदेश अध्यक्ष समेत रहेका पोखरेलले पनि प्रतिनिधिसभाको टिकट बालकृष्णलाई दिने तय भएको पुष्टि गरे ।
प्रदेशसभामा भने नरबहादुर श्रेष्ठ र भरत केसीलाई उम्मदेवार बनाउने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4