+
+

बालकोट पुग्यो राप्रपा टोली, सिट बाँडफाटबारे ओलीसँग छलफल हुँदै

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १७:५१

२१ असोज, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बालकोट जाने नेताहरूमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ छन् । ‘चुनावमा कसरी मिलेर सहकार्य गर्न सकिन्छ भन्नेबारे नै आजको बैठक तय भएको हो,’ श्रेष्ठले बताए ।

पार्टीका अर्का नेता रवीन्द्र मिश्र भने आजको बैठकमा सहभागी छैनन् । यसअघि एमाले र राप्रपाबीच एमाले उम्मेदवार उठेको ठाउँमा राप्रपाले र राप्रपा उम्मेदवार उठेका ठाउँमा एमालेले सहयोग गर्नेगरी अनौपचारिक समझदारी भइसकेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?