+
+

एमालेले कमल थापालाई समर्थन नगर्ने, मकवानपुर १ मा रामेश्वरले पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १८:०१

२१ असोज, हेटौंडा । नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने भएको छ ।

थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । तर एमालेले प्रतिनिधिसभा दुबै र प्रदेशसभाको चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई टिकट दिएको छ । प्रदेशसभातर्फ कमा कमल विष्ट र ख मा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा महेश बर्तौलाले टिकट पाएका छन् । उनी प्रदेश सहसचिव हुन् । प्रदेशसभातर्फ कमा विष्णु ढकाल र खमा जिल्ला उपाध्यक्ष लालबहादुर थापालाई टिकट दिइएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?