
२१ असोज, काठमाडौं । नेकपा एमालेले काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार बनाउने भएको छ ।
एमाले स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लामालाई टिकट दिइएको छ । राप्रपाबाट संविधानसभा सदस्य भएका उनी हाल एमालेमा छन् ।
प्रदेशतर्फ ‘क’मा दिलिप तामाङ र ‘ख’मा चन्द्र लामा उम्मेदवार हुने छन् ।
क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बास्कोटालाई नै टिकट दिइएको छ । प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’मा कुमार थापालाई टिकट दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4