
२१ असोज, काठमाडौं । नेकपा एमाले सिन्धुलीको उम्मेदवार पनि टुंगिएको छ । सिन्धुली–१ बाट प्रदीप कटवाल र २ बाट मनोजजंग थापाले टिकट पाएका छन् ।
निवर्तमान सांसद एवम् सिन्धुली इन्चार्ज गणेश पहाडीले उम्मेदवार नबन्ने घोषणा गरेपछि सिन्धुली–१ मा प्रदीप कटवाल र सुवास देवकोटा आकांक्षी थिए ।
अन्ततः शहीद ऋषि देवकोटा आजाद पुत्र सुवासलाई एमालेले प्रदेशसभा सदस्यको टिकट दिएको छ । यो निर्वाचन क्षेत्रको अर्को प्रदेशसभा सदस्यमा रामकुमारी कार्कीले टिकट पाएका छन् ।
सिन्धुली–२ बाट प्रदेशसभा सदस्यम विनोद खड्का र रामकुमार पौडेलले टिकट पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4