
२१ असोज, काठमाडौं । एमालेले धादिङ र नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।
एमाले नेताहरुका अनुसार प्रतिनिधिसभातर्फ धादिङ क्षेत्र नं. १ मा भूमि त्रिपाठीले टिकट पाएका छन् । क्षेत्र नं. २ मा खेम लोहनी टिकट पाएका छन् । दुबै निवर्तमान संघीय सांसद हुन् ।
प्रदेशसभातर्फ धादिङ क्षेत्र नं. १ ‘क’ मा गजेन्द्र थपलिया र ‘ख’ मा रमेश आचार्यले टिकट पाएका छन् ।
क्षेत्र नंः २ ‘क’ बाट डा. रामकुमार अधिकारीले टिकट पाएका छन् । अधिकारी निवर्तमान प्रदेशसभा सदस्य हुन् । ‘ख’ मा भने उम्मेदवार तय हुन बा“की छ । एमाले नेताहरुले तालमेलका लागि यो क्षेत्र बाँकी राखेको बताएका छन् ।
यसैगरी एमालेले नुवाकोटमा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।
प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नं. १ मा बद्री मैनालीले टिकट पाएका छन् । २०७४ सालको चुनावमा उनी प्रदेश सभामा विजयी भएका थिए ।
उनले बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री भएर समेत काम गरे । प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र नं. २ मा नारायण खतिवडाले टिकट पाएका छन् । खतिवडा निवर्तमान सांसद हुन् ।
नुवाकोट क्षेत्र नं २ ‘क’ मा केशव पाण्डे र ‘ख’ मा विजय लोप्चनले टिकट पाएका छन् ।
प्रतिक्रिया 4