
२१ असोज, काठमाडौं । एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीले चुनाव लड्न टिकट दिएको छ ।
एमाले नेताहरुका अनुसार वलीले टिकट पाएकी हुन् ।
वलीका अनुसार उनले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।
यसपाली एमालेले वलीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो ।
यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4