
२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गरेकी छन् ।
राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग सभामुखको सरकारी निवास लैनचौरमा बिदाई भेट गरेकी हुन् ।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेको भन्दै बधाई दिए । सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बिदाई भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार प्रकट गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4