
२२ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।
यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन । एक नेताका अनुसार यस क्षेत्रमा मित्रबत प्रतिस्पर्धा हुनेछ ।
प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमति पत्रमा भनिएको छ, ‘तालमेल भएका उपरोक्त निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवार दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।’
जिल्ला
|
एमाले | जसपा | ||
प्रतिनिधिसभा | प्रदेशसभा | प्रतिनिधिसभा | प्रदेशसभा | |
मोरङ | १,२,३,४ र ६ | १(क), १(ख), २(क), २(ख), ३(क), ३(ख), ४(क), ४(ख), ५(क) र ५ (ख) | ५ | ४(ख), ५(ख), ६(ख) |
सुनसरी | २,३ र ४ | १ (क), १(ख), २(क), २(ख), ३(क), ३(ख) र ४(ख) | १ | ४(क) |
सप्तरी | ३ | १(क), ३(क) र ४(ख) | १, २ र ४ | १(ख), २(क), २(ख), ३(ख) र ४ (ख) |
सिरहा | १ र ३ | १(क), २(ख), ३(क) र ४ (क) | २ र ४ | १(ख), २(क), ३(ख) र ४(ख) |
धनुषा | ३ र ४ | १(क), ३(ख) र ४ (ख) | १ | १(क), ३ (ख) र ४ (क) |
महोत्तरी | १ | १(क), २(ख), ३(ख) र ४ (क) | ३ र ४ | १(क), २(क), ३(ख) र ४ (ख) |
सर्लाही | २ र ३ | १(ख), २(क), ३(क) र ४ (क) | १ र ४ | १(क), २(ख), ३(ख) र ४(ख) |
रौतहट | ३ र ४ | १(क), २(क), ३(ख) र ४ (क) | २ | १(क), २(ख), ३(क) र ४ (ख) |
बारा | १ र ४ | १(क), २(क), ३(क) र ४(क) | २ | १(ख), २(ख), ३(ख) र ४ (ख) |
पर्सा | ३ र ४ | १(क), २(ख), ३(क) र ४ (क) | १ र २ | १(ख), २(क), ३(ख) र ४ (ख) |
नवलपरासी पश्चिम | १ र २ | १(क), १(ख) र २ (क) | २(ख) | |
रुपन्देही | १,२ र ३ | १(क), १(ख), २(क), २(ख), ३(ख), ४(क), ५(क) र ५(ख) | ४ | ३(क) र ४ (ख) |
कपिलवस्तु | १,२ र ३ | १(क), २(क), २(ख), ३(क) | १(ख) र ३ (ख) | |
कैलाली | १,२,३,४ र ५ | १(क), २(क), २(ख), ३(क), ३(ख), ४(क), ४(ख), ५ (क) र ५ (ख) | १(ख) |
प्रतिक्रिया 4