
२२ असोज, काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए ।
तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र ठूलो संख्याका जिल्ला नेताहरुले एमाले छोडेको घोषणा गरेका छन् ।
रावलले भने पार्टीले टिकट नदिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे गहन अध्ययनमा रहेको बताए । ‘अहिले म गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु’, रावलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4