+
+

नेपाली रक ब्याण्ड अल्बाट्रसले ल्यायो आठमहिनापछि मर्मस्पर्शी गीत ‘भावना’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १६:०२

‘यदाकदा आउने भावनाहरु
मलाई कुचल्ने यी भावनाहरु
मन नपरेको वस्तु ओकल्न नसकेजस्तो
घाँटीमा अड्केको हाडजस्तै
यसले मलाई पीडा दिन्छ
जिउने आशा मारिदिन्छ…’

नेपाली रक ब्यान्ड अल्बाट्रसका फ्यानलाई खुशिको खबर ! दशैं छेकोमा सांगीतिक समूहले नयाँ गीत ‘भावना’ सार्वजनिक गरेको छ ।

कमै संख्यामा रक जानराका गीत रिलिज भैरहेको बेला मुलुककै पुरानोमध्येको रक ब्यान्डले नयाँ गीत लन्च गरेको हो । सुपरहिट गीत ‘रातको रानी’ रिलिजको ८ महिनापछि ब्यान्डको नयाँ गीत सार्वजनिक भएको जसलाई रकप्रेमीले रुचाउन सक्छन् ।

सुशिला दलीको शब्दमा ब्यान्डकै संगीत छ । हितेश ठकुरीले निर्देशन गरेको भिडियो न्यारेटिभ शैलीमा प्रस्तुत गरिएको छ । एक मूर्तिकारको आन्तरिक र बाह्य भावनात्मक उतारचढाव यसमा प्रस्तुत गरिएको छ ।

मूर्तिकारको भूमिकामा चर्चित अभिनेता सुदाम सिकेले अभिनय गरेका छन् । भिडियोमा पात्रको भावनात्मक स्पष्टतालाई प्रस्तुत गर्न दुईथरी रङ पोतिएको छ जसलाई सुदामले न्याय गरेका छन् ।

हेर्नूस गीत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?