+
+

बुसानमा ‘अवतार २’ प्रिमियर : एसिया पछ्याउँदै हलिउड

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १६:४२

काठमाडौं । एसियाकै प्रतिष्ठित मानिने बुसान फिल्म फेस्टिभल यतिबेला दक्षिण कोरियामा भैरहेको छ । सन् २०२२ को यो संस्करण किन पनि महत्वपूर्ण थियो भने कोरोना महामारीपछि भौतिकरुपमै महोत्सव आयोजना गरिएको थियो ।

फेस्टिभलमा सुनमा सुगन्ध थप्ने काम गर्‍यो विश्वभर पर्खाइमा रहेको हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले । निर्माता जोन लेन्डुको उपस्थितीमा बुसानका सीमित दर्शकमाझ अवतार २ को भव्य प्रिमियर गरिएको छ ।

नेपालमा भने यो फिल्म पुस १ गते प्रदर्शन तयारीमा छ । प्रत्येक दर्शकले ५ डलर तिरेर फिल्म हेरेका थिए । बुसानको उक्त प्रिमियर संस्करण सोल्डआउट भएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ ।

‘अवतार २’को बुसान प्रिमियरको अर्थ हलिउडको भविष्य एसियाली बजारमा निर्भर पनि छ भन्ने हो । प्रिमियर मेसोमा आयोजित कार्यक्रममा अवतार निर्माता लेन्डुले दोस्रो भाग कसरी रचियो र प्राविधिकरुपमा यसको पक्षबारे दर्शकलाई प्रकाश पारेका थिए ।

दक्षिण कोरियालाई अवतारमय बनाउन वितरण कम्पनी डिज्नेले त्यहाँको हुन्डाइ समुन्द्री किनारमा फिल्मका पात्रका आकृति खडा गरेर तथा पोस्टर बनाएर दर्शकलाई आकर्षित गरेको थियो ।

अवतारको दोस्रो भागमा मुख्य चरित्र ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् ।

उक्त प्रिमियरमा भिडियो सम्बोधन गर्दै निर्देशक जेम्स क्यामरुनले अवतार २ ले विश्वको सामुन्द्रिक पारिस्थितीकय प्रणाली कसरी संकटमा पर्दैछ भन्ने कुराको सन्देश दिन खोजेको बताए । यसअघि पाण्डोरा नामक काल्पनिक ग्रहमा प्राकृतिक स्रोतको दोहनबारे चित्रण थियो ।

‘यो पाण्डोराको कथा हो तर, यो सबथोक हाम्रै संसारमा भैरहेको छ’ क्यामरुनले भने । निर्देशक क्यामरुन र निर्माता लेन्डुले अवतार २ बाट दर्शकले सिनेम्याटिक अनुभव लिन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?