
२२ असोज, काठमाडौं । क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुल ध्वस्त भएको छ ।
कार बम विस्फोटबाट पुल ध्वस्त भएको मस्कोका अधिकारीले जानकारी दिएका छन् । क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र तेल भरिएका ट्याङ्कर रहेको रेलमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरेर सन् २०१८ मा यो पुलको उद्घाटन गरिएको थियो ।
यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण र सेना लैजानका लागि एक प्रमुख मार्ग थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4