
२२ असोज, जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ कुडारीका ११ घर परिवारलाई स्थानान्तरण गरिएको छ ।
बाढीले कुडारी खोला बढेर घर डुबाउन खोजेपछि खोला नजिकका ११ घर सुरक्षित स्थानान्तण गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दका अनुसार बाढीले बगाउने डर भएपछि सुरक्षित स्थानमा सारिएको हो । सो क्षेत्रमा डुवान भएर घर बग्ने डरले मानिसहरु सुरक्षित गरिएको छ ।
जुम्लाकै कनकासुन्दरी–५ मा घर भत्कदा एकै परिवारका ५ जना र छिमेकी २ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यसैगरी जिल्लाभर घर भत्किएका विभिन्न खबरहरु आइरहेका छन् । टेलिफोन नहुदा जिल्लाभरको क्षति विवरण पूरा आउन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिका ५ का धनबहादुर शाहीको घर भत्किएको छ । यसैगरी गुठीचौर गाउँपालिका देपालगाउँमा कमलसिंह खत्री र गोविन्द खत्रीको घर भत्किएर क्षति भएको छ ।
प्रतिक्रिया 4