+
+

कर्णालीका मुख्यमन्त्री शाही प्रदेश सभामै लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १८:५२

२२ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः प्रदेश सभामा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले शाहीलाई हुम्ला (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले शाहीलाई हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस गरेको थियो । ४ मंसिरमा हुने चुनावमा प्रतिनिधि सभामा लड्ने बताउँदै आएका शाहीलाई पुनः प्रदेशसभा सदस्यकै लागि उम्मेदवार बनाउने निर्णय भएको कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए ।

सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा हुम्लामा प्रतिनिधिसभा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभा (क) पनि माओवादी केन्द्रकै भागमा परेको छ । कांग्रेसले पाएको प्रदेशसभा (ख) बाट शाही चुनाव लड्ने छन् ।

कांग्रेसले शाहीलाई पुनः कर्णाली प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशमा लडाएको नेताहरुको दावी छ । ०७४ को निर्वाचनमा कर्णालीभरमा शाहीले मात्र प्रत्यक्ष चुनाव जितेका थिए ।

प्रदेश सभापति शाहीका अनुसार कर्णालीका सबै क्षेत्रमा उम्मेदवारको टुंगो लागिसकेको छैन । सुर्खेत–१ मा उपसभापति पूर्णबहादुर खड्का र सुर्खेत–२ मा नेता हृदयराम थानीलाई उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

१२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा गठबन्धनमा सहमति हुँदा कांग्रेसले चार सिट पाएको छ । मुगु र दैलेख–२ मा भने अझै उम्मेदवारको टुंगो लागिनसकेको सभापति शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?