
२२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारका लागि आज (शनिबार) राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नै बिताउने भएकी छन् ।
उपचारमा खटिएका चिकित्सकका अनुसार रगत परिक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।
चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् । नमुना परिक्षणमा खासै समस्या नदेखिए पनि ज्वरो कम नभएकाले उनलाई चिकित्सकले आजको रात अस्पतालमा राख्ने भएका हुन् ।
चिकित्सकका अनुसार २४ घण्टाको निगरानी पछि आइतबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । राष्ट्रपति भण्डारीलाई फिजिसियन निरज बमको टिमले उपचार सुरु गरेका छन् ।
१०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4