
२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले महिला संघकी अध्यक्ष अमृता थापा मगरलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ ।
२०६४ र २०७४ मा समानुपातिक सांसद रहेकी थापा मगर यसपटक प्रदेश सभामा उठ्न तयार भएकी हुन् ।
थापाले स्याङ्जा १ क बाट गठबन्धनका उम्मेदवार भई प्रतिस्पर्धा गर्न लागेकी छन् । उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ भने कांग्रेसले पाएको छ ।
वाम गठबन्धनबाट गत निर्वाचनमा माओवादीका दिपक थापाले प्रदेश सभामा जितेका थिए । ‘केन्द्रका लागि पार्टीले सिफारिस गरेको थियो । तालमेल गर्दा माओवादी केन्द्रलाई प्रदेश सभा पर्यो । उम्मेदवार हुने सोच बनाएँ’, अनलाइनखबरसँग थापा मगरले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4