
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट उम्मेवार बन्ने भएका छन् । स्याङ्जा १ गृह क्षेत्र भएका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट पाएका हुन् ।
उनको प्रतिस्पर्धा नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग हुने छ । गुरुङको यो पहिलो चुनावी प्रतिस्पर्धा हो ।
स्याङ्जा क्षेत्र नम्बर १ मा जिल्ला सभापति राजु थापालाई कांग्रेसले टिकट दिएको छ । सत्ता गठबन्धनको भागबण्डामा प्रतिनिधि सभातर्फ स्याङ्जाका दुबै क्षेत्र नेपाली कांग्रेसले पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4