
२३ काठमाडौं, असोज । नेकपा माओवादी केन्द्रले काठमाडौं ९ बाट पूर्वमन्त्री कल्पना धमलालाई उम्मेदवार बनाएको छ । धादिङको साविक क्षेत्र नं. २ बाट पहिलो संविधानसभा सदस्य निर्वाचित धमला सोही क्षेत्रबाट दोस्रो संविधानसभा सदस्यमा पराजित भएकी थिइन् ।
धमला डा. बाबुराम भट्टराई नेतृत्व सरकारकी विज्ञान तथा प्रविधि मन्त्री हुन् । माओवादी पोलिटब्यूरो सदस्य रहेकी धमलासँगै माओवादी केन्द्रले काठमाडौंबाट पार्टीका तीनै उम्मेदवार महिला बनाएको छ ।
काठमाडौं-२ बाट पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार बनेकी छिन् भने काठमाडौं-७ बाट मानुषि यमी भट्टराईले टिकट पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4