
२३ असोज, चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. १ मा डा. विश्व पौडेल र क्षेत्र नं. २ मा उमेश श्रेष्ठले टिकट पाएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट डा. पौडेल र श्रेष्ठ उम्मेदवार बनेका हुन् ।
डा. पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री छन् ।
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै उम्मेदवारी दर्ताको तयारीमा लाग्न पार्टीले भनेको बताए । क्षेत्र नं १ मा एमालेबाट सुरेन्द्र पाण्डे र २ बाट कृष्णभक्त पोखरेल उम्मेदवार छन् ।
चितवन क्षेत्र नं १ ‘क’ मा कांग्रेसका किरण भूषण ओलीले टिकट पाएका छन् । प्रदेश क्षेत्र ‘ख’ बाट एकीकृत समाजवादीका कृष्ण खनाल उम्मेदवार बन्ने भएका छन् ।
चितवन क्षेत्र नं. २ को ‘क’ मा माओवादी केन्द्रका घनश्याम दाहाल र ‘ख’ बाट कांग्रेसका उत्तम जोशीले टिकट पाएका छन् ।
प्रतिक्रिया 4