
२३ असोज, काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १ मा किरण पौडेललाई टिकट दिएको छ ।
युवा संघका अध्यक्ष समेत रहेका पौडेल उम्मेदवारी दर्ता गर्न जाने तयारीमा जुटेका छन् । कांग्रेस १ मा राप्रपाले रवीन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ र एमालेको समर्थन खोजेको थियो । तर झापा, बाँके र रुपन्देहीमा तालमेल गरेको एमालेले काठमाडौंमा भने राप्रपासँगै सहमति गरेको छैन ।
प्रतिनिधिसभा सदस्यको टिकट पाएका पौडेल भन्छन्, ‘मैले टिकट पाइसकेँ, अब तालमेल नहोला ।’
काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4