
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ ।
वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।
तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् । अब स्वर्णिमले यो पटक टिकट नपाउने पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताए ।
गगन थापाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन जोडबल गरेका थिए । उनले अन्यत्र नमिले आफ्नै क्षेत्र (काठमाडौं ४) छोडिदिन तयार रहेको बताएका थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरे । देउवाले काठमाडौं ४ मा गगन उम्मेदवार नबने स्वर्णिमको सट्टा अर्कै व्यक्तिलाई टिकट दिने बताएपछि कुरा नमिलेको कांग्रेस स्रोतले बतायो ।
प्रतिक्रिया 4