
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको प्रदेश सभा तर्फको टिकट खोसिएको छ ।
दोलखा ख बाट उम्मेदवार हुने भनी निश्चित गरिएका शिवाकोटीलाई टिकट नदिएर जिल्ला सभापति बर्मा लामालाई उम्मेदवार बनाइएको छ ।
दोलखामा प्रतिनिधि सभाको उम्मेदवार माओवादी केन्द्रलाई छुट्याइएको थियो । जस अनुसार प्रतिनिधि सभामा माओवादीले गंगा कार्कीलाई उम्मेदवार बनाएको छ ।
प्रदेश सभातर्फ दुबै क्षेत्र कांग्रेसको भागमा परेको छ । प्रदेश तर्फ क मा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले टिकट पाएका छन् । कांग्रेसका एक नेताका अनुसार शिवाकोटी र काफ्लेले टिकट पाउने र आफूले नपाउने पक्का भएपछि धुलिखेल पुगेका लामालाई फिर्ता बोलाएर टिकट दिइएको हो ।
पार्टी भित्र लामा संस्थापनइतरका जिल्ला सभापति हुन् । शिवाकोटी महामन्त्री गगन थापा निकट चिनिन्छन् । प्रदेश क मा टिकट पाएका काफ्ले भने नेता कृष्णप्रसाद सिटौला निकट छन् ।
प्रतिक्रिया 4