+
+

स्मार्ट क्यूआर र नेपाल पे क्यूआरबीच अन्तरआबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:५६

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीचबीच अन्तरआवद्धता भएको छ ।

दुई संस्थाको क्यूआर अन्तर आबद्धता सम्बन्धी सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुँजु र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिज र एनसीएचएल बीचको सम्झौताले क्यूआर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास लिएको जनाएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाइल बैंकिङ वा वालेटका ग्राहकहरुले नेपाल पे क्यूआरका मर्चेन्टहरुलाई क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै नेपाल पे क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ, वालेट वा कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुवै नेटवर्क भित्रका क्यूआर सम्बन्धी भुक्तानी गर्न सहज हुनेछ ।

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक नपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?