
२३ असोज, तनहुँ । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् । २०७४ सालमा पनि उनले उम्मेदवारी दर्ता गराएका थिए ।
तर मचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
उनको भ्रष्टाचार सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जुन मुद्दालाई नै कारण देखाएर आयोगले २०७४ मा उनको मनोनयन दर्ता खारेज गरेको थियो ।
तनहुँ १ मा कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीका तर्फबाट उम्मेदवार बन्ने छन् ।
यही क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि उम्मेदवार बन्ने बताएका छन् ।
भट्टराईलाई कांग्रेसले समानुपातिकतर्फको खस आर्यबाट उम्मेदवार बनाएको थियो । तर समानुपातिकबाट नाम फिर्ता लिएका उनले तनहुँ १ मा प्रत्यक्ष लड्ने बताएका छन् ।
प्रतिक्रिया 4