
काठमाडौं । सनराइज बैंकले १५औं वार्षिक उत्सवको अवसर र दशैं पर्वलाई लक्षित गरी निःशुल्क बस सेवा प्रदान गरेको छ ।
दशैंको समयमा काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने अभिप्रायले दशैंको टिकाको दिन निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
सनराइज बैंकले साझा यातायातसँग सहकार्य गरी काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निःशुल्क संचालन गरेको हो । करिब ३० वटा बसमार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइएको बैंकले जनाएको छ । बैंकले २५ असोजमा आफ्नो १५ औं वार्षिकोत्सव मनाउँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4