
२३ असोज, दाङ । दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरी हुन् । राप्ती नदीमा दाउरा खोज्ने क्रममा शनिबार बेलुका बगेर उनी बेपत्ता भएका थिए ।
चौधरीको शव घटनास्थलदेखि तीन किलोमिटर दक्षिण राप्ती-३ बसन्तपुरस्थित राप्ती नदीमा आइतबार बिहान फेला पारेको सशस्त्र प्रहरी बल नं. २९ गण हेडक्वार्टर ज्वालामाई भालुबाङका प्रमुख प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।
सशस्त्र प्रहरी निरीक्षक धनञ्जय केसीको नेतृत्वमा तालिम प्राप्त २५ जनाको उद्धार टोली उनको खोजीमा खटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4