
२३ असोज, सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनी आफैं उपस्थित भएर आइतबार दिउँसो मनोनयन दर्ता गराएका हुन् । शर्मा २०६४ को संविधान सभा निर्वाचनदेखि निरन्तर चुनाव लडेर जित्दै आइरहेका छन् ।
रुकुम पश्चिममा एक मात्र निर्वाचन क्षेत्र छ । प्रदेशसभातर्फ ‘क’ को लागि महेन्द्र केसी र प्रदेशसभा ‘ख’का लागि राजकुमार शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारूढ गठबन्धनमा रुकुम पश्चिम माओवादीको भागमा गरेको छ । तर गठबन्धनको निर्णयबाट असन्तुष्ट नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।
स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका पालिकाहरुमा माओवादीविरुद्ध कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4