
२३ असोज, विराटनगर । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ मा पर्शुराम बस्नेतलाई टिकट दिएको छ । आइतबार दिउँसो उनले टिकट पाएका हुन् ।
जसपासँग गठबन्धन गर्दा एमालेले सो क्षेत्र जसपालाई छाडेको थियो । तर अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बस्नेतलाई टिकट दिएका हुन् ।
नेकपा एमाले विराटनगर महानगरपालिका कमिटी सचिव रोहित कोइरालाले बस्नेतले टिकट पाएको बताए । उनले भने ‘उहाँले टिकट पाउनु भयो, हामी मनोनयन दर्ताका लागि जाने तयारी गर्दैछौं ।’
जसपाबीच गठबन्धन गर्दा एमालेले प्रतिनिधिसभा तर्फ मोरङ क्षेत्र नम्बर ५ र प्रदेश सभा तर्फ क्षेत्र नम्बर ४ को ‘ख’, ५ को ‘ख’ र ६ को ‘ख’ जसपालाई दिएको थियो ।
अन्तिम समयमा क्षेत्र नम्बर ४ को ‘ख’ जीवन घिमिरे, क्षेत्र नम्बर ६ को ‘ख’मा पर्शुराम बस्नेतलाई टिकट दिएको हो । एमालेले टिकट दिएपनि जसपाका उम्मेदवारहरुले आफूले पाएको क्षेत्रमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया 4