
२३ असोज, सुर्खेत । दैलेख क्षेत्र नं.–१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेले रवीन्द्रराज शर्मालाई आधिकारिक उम्मेदवार बनाएपछि नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनले नेकपा एकीकृत समाजवादीबाट अमरबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4