
२३ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मकवानपुर–१ मा दीपकबहादुर सिंहले मनोनयन दर्ता गरेका छन् ।
मकवानपुर–१ का उम्मेदवारी दर्ता गराएका सिंह गएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।
उनी २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो भएका थिए । उनले मेयरमा निर्वाचित नेकपा एकीकृत समाजवादीकी मिना लामाभन्दा २ हजार ५ सय ४४ र दोस्रो भएका नेकपा एमालेका उम्मेद्वार अनन्त प्रसाद पौडेलभन्दा ३ सय ७७ मतमात्र कम ल्याएका थिए ।
राप्रपाले मकवानपुर १ मा सिंह र र मकवानपुर–२ मा राजन मैनालीलाई टिकट दिएको छ ।
यसैगरि प्रदेशसभातर्फ मकवानपुर–१(क)मा सागर थापा, मकवानपुर–१(ख)मा गुञ्जन बहादुर न्यौपाने, मकवानपुर–२(क)मा बद्रिबहादुर खड्का र मकवानपुर–२(ख)मा राम बहादुर घलेले टिकट पाएका राप्रपा जिल्ला सचिव विजयसिंह ठकुरीले जानकारी दिए ।
प्रतिक्रिया 4