
२३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन् ।
माओवादी केन्द्रको चुनाव चिह्न लिएकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका बसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सबिन तामाङ उम्मेदवार छन् ।
उम्मेदवारी दर्ताका लागि तीनै उम्मेदवार र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4