
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ सालको चुनावमा पनि काठमाडौं-१ बाट चुनाव लडेका उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
मनोनयन दर्ता गराएपछि मिश्रले भने, ‘यो देशका लागि, आफ्नो परिवारका लागि । छोराछोरीको भविष्यको लागि, वर्तमानको लागि तपाईंले मन र मत बदल्नुहोस, सामाजिक सञ्जालमा गुनासो गरेर मात्र केही परिवर्तन आउनेवाला छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4