
काठमाडौं । फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ क्रेजीले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश ‘ख’तर्फ उम्मेदवारी दर्ता गरेका छन् ।
उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार हुन् । ‘मेरो उम्मेदवारी युवाहरुलाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो’ दर्तापछि अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।
उनी अभिनित फिल्महरु ‘सम्झि दिए पुग्छ’, ‘२ दुना ५’, ‘ह्याप्पी न्यू इयर’, पल्टन, जंगली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर चर्चित छन् । उनले चारवटा फिल्म निर्माण गरेका छन् ।
श्रेष्ठले पछिल्लो समय रिलिज भएका सफल चलचित्रको वितरण समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4