+
+

आरजुका स्वकीयविरुद्ध कांग्रेसका भण्डारीको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:३६

२३ असोज, काठमाडौं । प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाबिरुद्ध कैलाली ५ (ख) मा कांग्रेसबाटै विद्रोही उम्मेदवार बनेका छन् ।

कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले कांग्रेसका आधिकारिक उम्मेदवार देउवाबिरुद्ध उम्मेदवारी दिएका हुन् । पार्टीमा सभापति शेरबहादुर देउवा र आरजुको हैकमबिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भण्डारीले बताए । भण्डारीले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।

भण्डारी संस्थापन इतरका हुन् । उनी संघको उम्मेदवारका आकांक्षी थिए । प्रधानमन्त्री पत्नी आरजुको जोडबलमा कैलाली ५ मा डिल्लीराज पन्तले टिकट पाएका छन् ।

प्रतिनिधिसभामा कांग्रेसले अनुशासनको कारबाही गरेका पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?