
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका पौडेलले मनोनयन दर्ता गराएका हुन् ।
तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवारको आकांक्षी रहेका पौडेललाई अन्तिम समयमा काठमाडौं-५ को टिकट दिइएको थियो । पौडेलले कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका थिए ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेल यसअघि तनहुँ-२ मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । संघीय संसदका लागि पौडेलको यो पहिलो प्रतिस्पर्धा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4