२३ असोज, काठमाडौं । भियतनाममा भइरहेको एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ ।
यू-१७ एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आइतबार चाइनिज ताइपेसँग ४–२ ले पराजित भयो ।
यसअघि नेपाल थाइल्याण्डसँग ३-० र भियतनामसँग ५-० ले पराजित भएको थियो ।
१० खेलाडीमा खेल सकाएको नेपालले अन्तिम १० मिनेटमा २ गोल खाएको थियो ।
चाइनिज ताइपेका लागि लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले गोल गरेका थिए । नेपालका लागि कप्तान प्रशान्त लक्षम र धन सिंह विकले एक-एक गोल गरे ।
लगातार तेस्रो हार बेहोरेका नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नै गल्तीले गोल खानुपरेको बताए । उनले नेपालले अवसर पाए पनि सदुपयोग गर्न नसकेको बताए ।
प्रतिक्रिया 4