
२३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एवं पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
झाँक्रीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी हुन् । उनले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्नेछिन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले ३० हजार ८७२ मत पाउँदा सत्ता गठबन्धनले ३२ हजार ३७६ मत ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4