+
+

प्रचण्ड चुनाव जित्नमात्र गोरखा आएका होइनन् : नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १८:००

२३ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा पनि जित सुनिश्चित भएको बताएका छन् ।

प्रचण्डको मनोनयन दर्ताका लागि सँगै गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै जित सुनिश्चित भएकाले मात्रै प्रचण्ड गोरखा नआएको बताए ।

‘जित सुनिश्चित छ भनेर उहाँ गोरखा आउनुभएको होइन, चितवनमात्र होइन सबै ठाउँमा उहाँको जित पक्का थियो,’ उनले भने, ‘तर कुनै पनि एउटा निर्वाचन क्षेत्रमा परम्परागत हिसाबले लगातार चुनाव लड्ने उहाँको स्वभाव र बानी भएन ।’ गोरखाली जनता र पार्टीको आग्रहलाई स्वीकार गर्दै प्रचण्ड गोरखा आएको उनले जानकारी गराए ।

प्रचण्ड क्रान्तिकारी आन्दोलनका अग्रज नेता समेत रहेको भन्दै श्रेष्ठले गोरखाले उम्मेदवारको रुपमा उनलाई पाउनु खुशीको कुरा भएको बताए । अव गोरखाको विकास र समृद्धिका निम्ति ठुलो योगदान समेत पुग्ने उनले अपेक्षा गरेका छन् ।

‘अहिलेको आवश्यकता भनेको सामाजिक, आर्थिक रुपान्तरण र समृद्ध नेपाल निर्माण हो, त्यो कार्यभार पूरा गर्न गोरखालाई विकासको नमूना क्षेत्र बनाउनका लागि अध्यक्ष प्रचण्डलाई पाएका छौं, गोरखावासीका लागी यो गौरवको कुरा हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?