
२३ असोज,बुटवल । नेकपा एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेता भूसाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
तर उनलाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ । भूसालले आफू सत्ता गठबन्धनको समर्थनमा वाम उम्मेदवार भएको बताएका छन् । उनको प्रतिस्पर्धा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4