+
+

रुकुम पश्चिमका दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेसले दियो उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १८:२९

२३ असोज, सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमका दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्तारूढ गठनबन्धनमा कुरा नमिले पछि कांग्रेसले दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिममा प्रदेश सभाको एउटा सिट कांग्रेसले पाउनुपर्ने माग लिएर जिल्ला नेताहरु काठमाडौं पुगेका थिए ।

तर केन्द्रीय नेतृत्वले पनि वास्ता नगरेपछि रोकाय र वलीले निर्वाचन आयोगको कार्यालय, काठमाडौंबाट वारेसनामा मार्फत मनोनयन दर्ता गराएका छन् ।

कृष्णबहादुर रोकायको समर्थकमा सूर्यप्रकाश शर्मा रहेका छन् भने प्रस्तावकमा ईन्द्रबहादुर खत्री रहेका छन् । त्यस्तै ओलीको प्रस्तावकमा प्रेमबहादुर ओली र सर्मथकमा एकमाया विष्ट रहेका छन् ।

रुकुम पश्चमका तीनवटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवार दर्ता भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?