
२३ असोज, काठमाडौं । नेपाली कांग्रेस मुगुका निवर्तमान पार्टी उपसभापति एवम् कर्णाली प्रदेश संसदीय बोर्डका सदस्य नेता खगेन्द्र मल्लले सत्तापक्षीय गठबन्धनका उम्मेदवारका बिरुद्धमा बागी उम्मेदवारी दिएका छन ।
मुगुको प्रदेश क बाट उनले प्रदेश सभामा बागी उम्मेदवारी दिएका हुन ।
गत स्थानिय चुनावमा ३०० मत पनि नपाएको नेकपा एकीकृत समाजवादीका नवर्तमान सांसद गोपाल बम सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनाएकोले त्यसप्रति असहमति जनाउँदै उम्मेदवारी दिएको उनले बताए ।
स्थानिय चुनावमा ७००० मत पाएको पार्टीले ३०० मत भएको पार्टीलाई प्रदेश सभामा जिताउन नसकिने मल्लले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4