२४ असोज, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोलाई १-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि पेड्रीले १७औ मिनेटमा गोल गरेका थिए ।
जितपछि बार्सिलोनाले ८ खेलबाट २२ अंक जोडेको छ । रियल मड्रिडको पनि ८ खेलबाट समान अंक भए पनि बार्सिलोना गोल अन्तरमा अगाडि रहँदै शीर्ष स्थानमा उक्लेको हो ।
प्रतिक्रिया 4