+
+

‘दुई नम्बरी’को विशेष शोमा सेलिब्रिटी : पूजादेखि सन्तोष पन्तसम्मले रुचाए फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १४:४०

काठमाडौं । फिल्म ‘दुई नम्बरी’लाई सेलिब्रिटीले रुचाएका छन् । सामाजिक सञ्जालबाट गायब भएकी अभिनेत्री पूजा शर्मा पनि सरप्राइज दिंदै काठमाडौंमा आयोजित फिल्मको विशेष शोमा सहभागी भइन् ।

फिल्मको कथावस्तु, प्रस्तुति र सन्देश उत्कृष्ट लागेको पूजाले प्रतिक्रिया दिइन् । अभिनेता सन्तोष पन्तले फिल्मले अर्गानिक कथालाई रमाइलो तरिकाले बुनेको टिप्पणी गरे ।

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘हिजोआजका कुरा’का अभिनेता समेत रहेका पन्तले भने, ‘फिल्मको कथावस्तु आफ्नै माटोको छ । अर्गानिक कथालाई निर्देशकले रमाइलो तरिकाले बुनेका छन् ।’ आम नेपालीलाई फिल्म हेर्न उनले सुझाए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि फिल्मको प्रशंसा गरे । कथावस्तुले नेपाली माटोको सुगन्ध बोलेको उनको तर्क थियो । निर्देशक शोभित बस्नेतले यसअघि दीपेन्द्र लामाले आफ्ना लागि फिल्म बनाएको, यसपटक भने दर्शकका लागि बनाएको तर्क गरे ।

दर्शक र फिल्मीकर्मीबाट पाएको प्रतिक्रियाबाट उत्साहित भएका अभिनेता दयाहाङ राईले सामाजिक सन्देशसहितको फिल्म भएकाले दर्शकको मन छोएको बताए । अभिनेत्री उपासना सिंह ठकुरीले राम्रो कथा भएकाले नै आफूले फिल्म साइन गरेको बताइन् । अर्की अभिनेत्री उगेन छोदेनले नेपाली दर्शकले आफूलाई स्वागत गरेको भन्दै खुसी व्यक्त गरिन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मले रिलिजको चौथो दिन सोमबार मध्यान्हका शोमा राम्रै अकुपेन्सीसहित दर्शकको साथ पाइरहेको छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले निर्माण गरेको फिल्मले वन्यजन्तु संरक्षण, मित्रता र नैतिकताको सन्देश दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?